February 24, 2025, 1:17 pm

अविरल वर्षाका कारण एमाले मुख्यालय डुबानमा

साउन १६, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो ।

बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएका छन् ।

प्रतिक्रिया