September 19, 2024, 4:43 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

देशको क्षमतालाई नहेरी बाघको संख्या बृद्धि गर्दा मानवीय विनास निम्त्याउन सक्छ : ओली

साउन १५, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको संरक्षण गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले बाघको संख्यावृद्धि गर्दा हुनसक्ने मानवीय विनासलाई पनि ध्यान दिनुपर्ने बताएका हुन्।

विश्व बाघ दिवस–२०२४ का अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्यजन्तुको शिकार र चोरीपैठारी रोकेर  देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताए। संख्यावृद्धि गर्ने क्रममा सधै दोब्बर बनाउने नभई सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संख्यावृद्धि गर्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने,‘देशको क्षमताभन्दा बढी बाघको संख्यावृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी बाघको सङ्ख्यामात्रै बृद्धि गर्दा मानवीय विनास निम्त्याउन सक्छ। यस्तो अवस्था आउन दिनु हुँदैन।’प्रकृतिमा धेरै जीव तथा बन्यजन्तु रहेका हुँदा उनीहरूका लागि सहज बासस्थान चाहिने उल्लेख गर्दै मानिसले जङ्गली जनावरसँगको द्वन्द्वको परिस्थिति आउन नदिन सचेत भएर लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ। उनले भने,‘हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ।’

कार्यक्रममा विभिन्न पाँच विद्यालयका बालबालिकाहरूले राखेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले प्रकृति सबैको साझा भएको र मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताए। तपाईंलाई प्रकृतिसँग प्रेम गर्न के कुराले प्रेरित गर्‍यो भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानो हुँदा गोठालो लाग्ने गरेकाले गाईभैंसी चराउन जङ्गलमा जाँदा प्रकृतिसँग रमाउन थालें, त्यसैबेला मैले बाघ पनि देखें, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खोलानाला, जीवजन्तु, चराचुरुङ्गी सवैसँग प्रेम हुन थाल्यो।’

उनले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएको हुँदा वैकल्पिक र उपयुुक्त  स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया