युएईको सारजाहबाट आएको एयर अरेबियाको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो दुर्घटनाबाट जोगिएको छ ।
दिउँसो १ बजेर ५ मीनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि ‘मिस एप्रोच’ गरेको विमान दुर्घटनाबाट उम्किएको हो ।बेलैमा ‘ओभरसुट’ गरेका कारण अपृय स्थिति आउन पाएन ।विमानस्थलबाट करिब पाँच सय मीटरको दूरीमा कोटेश्वरको नरेफाँटमाथि आइपुगेपछि एक्कासी हावाको भुमरीका विमान हल्लिएर मिस एप्रोच भएको थियो । उड्डयन क्षेत्रमा दुई तर्फको हावा मिसिएपछि बन्ने भुमरीलाई विन्ड सियर भनिन्छ ।
प्रतिक्रिया