March 14, 2025, 2:52 am
» भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते » परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने » युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर » काठमाण्डौको आकाशमा दुर्घटनाबाट जोगियो अर्को जहाज » काठमाडौं उपत्यकाका १२० बढी स्थानमा चेकिङ, १२ जना पक्राउ

होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने

फाल्गुन २९, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौँ,। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले भनेका छन्, “आपसी भाइचारा र सद्भावको रुपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको कामना गर्दछौँ ।”

अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रुपमा मनाइने रङहरुको पर्व फागुपूर्णिमा हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधी आपसी भ्रातृत्व सद्भाव र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया