March 12, 2025, 4:41 pm
» काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा » उद्योगमन्त्री माल्टा जाँदै, वनमन्त्री जर्मनी » ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु » काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमतिबेगरै खाद्यान्न प्याकिङ » देशलाई नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ : बाबुराम भट्टराई

प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत

फाल्गुन २८, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं। प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो विधेयक प्रस्तुत गरेका हुन्।

सो विधेयकमाथि सांसद प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल, मिना तामाङ, रूपा सोशी (चौधरी), चित्रबहादुर केसी, रामकुमार राई, लेखनाय दाहाल, पूर्णबहादुर घर्ति मगर र सुमना श्रेष्ठले विरोधको सूचना हालेका थिए।

विरोधको सूचना राख्ने सांसदहरूको राखेको जिज्ञासाको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सरकारले समस्या ग्रस्त सहकारी गठन गरेको र २२ वटा समस्याग्रस्त सहकारी घोषण गरेर ३ वटा सरकारीको समस्या समाधान गरेको बताए। दश वटा सहकारीको रकम फिर्ता गराउन सरकार सफल भएको उनको भनाइ छ।

प्रतिक्रिया