February 23, 2025, 8:32 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित

साउन १४, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछयाउने तयारी गरेको भारत बर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

यो जितपछि भारतले ३ खेलको सिरिज २-० ले एक खेल अघि नै जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका छ । हाल श्रीलंका टुरमा रहेको भारतले यस सिरिजपछि एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया