March 6, 2025, 5:08 pm
» पूर्वराजा लक्षित प्रचण्डको टिप्पणी- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन् » Buddha Air flight lands safely in Kathmandu despite missing nose wheel » कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण » काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो » उपकुलपति नियुक्तिमा स्वार्थ हाबी भएको भन्दै नेविसंघ आक्रोशित

काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो

फाल्गुन २२, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं । जनकपुरबाट उडेको युफोर ५०६ उडान नम्बरको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबीनै काठमाडौं विमानस्थलमा अवतरण भएको छ।

बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि उडेको बिमानको जहाजमा एक पाङ्ग्रा हराएको पाइएको थियो। उक्त पाङ्ग्रा नभएको चालक दलका सदस्यलेसमेत थाहा नपाएको बताइएको छ।

जनकपुरबाट ४ बजेर ३९ मिनेटमा उडेको ६२ यात्रु सवार जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गर्दा अगाडिको एउटा पांग्रा थिएन।

अगाडिका दुईमध्ये एक पाङ्ग्रा हराएको पाइएपछि खोजी गरिएको थियो। त्यस क्रममा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको थाहा भएको हो।

पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताएका छन्। जहाज काठमाडौंमा सुरक्षित अवतरण भएको थियो।

प्रतिक्रिया