March 6, 2025, 5:15 pm
» पूर्वराजा लक्षित प्रचण्डको टिप्पणी- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन् » Buddha Air flight lands safely in Kathmandu despite missing nose wheel » कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण » काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो » उपकुलपति नियुक्तिमा स्वार्थ हाबी भएको भन्दै नेविसंघ आक्रोशित

राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश

फाल्गुन २२, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् ।
प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत भएका छन् ।
राष्ट्रियसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ रहेका छन् ।
योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धि अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।

प्रतिक्रिया