March 6, 2025, 5:06 pm
» पूर्वराजा लक्षित प्रचण्डको टिप्पणी- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन् » Buddha Air flight lands safely in Kathmandu despite missing nose wheel » कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण » काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो » उपकुलपति नियुक्तिमा स्वार्थ हाबी भएको भन्दै नेविसंघ आक्रोशित

महेश र अस्मिताले लगनगाँठो कसे

फाल्गुन २२, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुले आज विवाह गरेका हुन् ।

थापाथली हाइटस्थित कार्की बैंक्वेटमा अहिले वैवाहिक समारोह चलिरहेकाे छ । समारोहमा दुवैतर्फका आफन्त, साथीभाइ र सांगीतिक क्षेत्रका व्यक्तिहरु सहभागी रहेका छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले गत असारमा कन्सर्टको लागि दुबई पुगेका बेला बुर्ज खलिफाअगाडि इन्गेजमेन्ट गरेका थिए ।

‘नेपाल आइडल’बाट चर्चामा आएकी अस्मिताका दर्जनौँ गीत हिट छन् । त्यस्तै, महेशको पनि ‘माया बिरानी’, ‘लज्जावती झार’, ‘चाइना जापान’जस्ता गीतहरु दर्शकमाझ चर्चित छन् ।

प्रतिक्रिया