September 19, 2024, 1:17 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

नेप्सेले गर्यो मौद्रिक नीतिको स्वागत, ११३ अंकले बढ्यो

साउन १३, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं । नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ

मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा शुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो ।

नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५  रुपैयाँको कारोबार भएको छ ।

आज ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भएको छ ।

आज बैंकहरुको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआइएमबी, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आइएमइ, सिटिजन, प्राइम, कृषि विकास बैंक र नेपाल बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ उपकार लघु वित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी गणपति लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा पनि कुमारी बैंकको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया