February 28, 2025, 10:26 pm
» विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा » नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा » त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा » प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक » अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्- विजुक्छें

चीनः बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड

फाल्गुन १६, २०८१ मा प्रकाशित | २३०दर्शक तीव्रखबर

गुइयाङ, चीन,  : चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमीडिएट पिपुल्स कोर्टले यु हुयिङलाई सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो ।

सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी पैसाका लागि बेचेको अदालतबाट ठहर भएको थियो ।

सन् २०२४ अक्टोबर २५ मा भएको पहिलो आपराधिक फैसलामा युलाई बाल तस्करीको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

युले गुइझोउ प्रान्तीय उच्च जनअदालतमा अपिल गरेपनि उहाँको अपिल अस्वीकृत गर्दै दोस्रो पटकको सुनुवाईपछि मृत्युदण्डको सजायलाई सदर गरिएको थियो ।

अदालतले ती महिलालाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गर्दै उनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया