September 19, 2024, 9:57 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

दाङमा गुडिरहेको ट्रकमा आगलागी, ट्रक जलेर नष्ट

साउन १३, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

घोराही । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो ।

आइतवार विहान लमही नगरपालिका –९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा करिव ४: २५ बजेको समयमा ट्रकमा आगलागी भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार वायरिङ सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । ट्रकमा चालकसहित तीन जना सवार थिए । आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका –२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया