September 19, 2024, 1:06 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

न्यादी हाइड्रोपावरले घटायो नोक्सानी

साउन १३, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

कठमाडौं,  । न्यादी हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यसको नोक्सनी घटेको छ ।

कम्पनीले १६ करोड ६६ लाख ७३ हजार रुपैयाँको नोक्सानी व्योहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेको छ । विद्युत बिक्रीबाट आम्दानी बढेकै कारण यसले आफ्नो नोक्सानीमा केही कमी ल्याउन सकेको देखिन्छ ।

यसले विद्युत् बिक्रीबाट ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोताट हुने आम्दानी ७८ हजार रुपैयाँ छ । गत असार मसान्तसम्म यसको चुक्ता पुँजी १ अर्ब ५० करोड छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ ०२ पैसा छ ।

प्रतिक्रिया