February 23, 2025, 8:35 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

पेरिस ओलम्पिक: अहिलेसम्म २० देशले जिते पदक

साउन १३, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन् । शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने कुल २० देशले पदक जितेका छन् ।

जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ । अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो ।

त्यस्तै चीनले २ स्वर्ण र एक काश्य पदक जितेको छ भने अमेरिकाले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ । त्यसैगरी आयोजक फ्रान्सले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ ।

अहिलेसम्म दक्षिण कोरिया, बेल्जियम, जापान, काजकिस्तान, जराम्नी र हङकङले स्वर्ण पदक जितेका छन् ।

त्यस्तै इटाली र ग्रेट ब्रिटेनले रजत तथा काश्य पदक जितेका छन् भने  क्यानडा, फिजी र मंगोलियाले रजत पदक जितेका छन् । त्यसैगरी ट्युनिसिया, स्पेन, हंगेरी, दक्षिण अफ्रीका र स्विडेनले काश्य पदक जितेका छन् ।

प्रतिक्रिया