February 23, 2025, 9:17 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

काभ्रेको तेमालमा बस दुर्घटना, एकजनाको मृत्यु

फाल्गुन ८, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काभ्रे– काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

आज बिहान तेमाल गाउँपालिका– ३ स्थित कुँडालमा भएको दुर्घटनामा तेमाल- १ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना भएको हो ।

प्रतिक्रिया