December 22, 2024, 11:54 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

हमासका नेताको इजरायली हिरासतमा मृत्यु

साउन ११, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

जेरूसेलम,  वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् ।

प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो।

“हामी नेता शेख मुस्तफा मोहम्मद अबु आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट भएको उहाँको हत्याको लागि कब्जालाई जिम्मेवार ठान्दछौं,” हमासद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

अबु आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् ।

उहाँले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नु परेको उनीहरूले बताएका छन् ।

इजरायली सेनाले यस विषयमा प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन ।

प्रतिक्रिया