January 6, 2025, 12:09 pm
» मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार » संसदीय समितिमा बोल्दा बोल्दै रोकेपछि सभापति खतिवडामाथि खनिए कांग्रेस सांसद थानी » राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री » सहकारी चाहिदैन भन्ने भ्रमका पछि नलागौं : मन्त्री अधिकारी » ४९ अंकले बढ्यो नेप्से, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर

धादिङको थाक्रेमा तीन चितुवा मृत फेला

साउन ११, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौँ : धादिङमा आज तीनवटा चितुवा मृत फेला परेको छ। जिल्लाको थाक्रे गाउँपालिका-१० केवलपुरमा ३ वटा चितुवा मृत फेला परेको प्रहरीले जनाएको छ।

दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी स्थानीयले तीन वटा चितुवा मृतावस्थामा फेला पारेका हुन्। चितुवा के कारणले मरेको भन्नेबारेमा यकिन नभएको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एकवटा चितुवा मृत अवस्थामा भेटिएको हो। घाँस काट्न गएका वेला स्थानीयले देखेर खबर गरेका वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए।

प्रतिक्रिया