गुल्मी । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–३ धरमपानी निवासी ४८ वर्षीय तुलबहादुर कार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कार्की माघ २६ गते घरबाट कसैलाई जानकारी नगराई हिँडेका थिए ।उनको सोमबार दिउँसो धरमपानिस्थित खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।घटनाबारे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली परिचालन भएको छ ।मृतक कार्कीको घर परिवारमा श्रीमती र २ छोरा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया