February 23, 2025, 9:12 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सर्वोच्चद्वारा बेचन झालाई थुनामुक्त गर्न अस्वीकार

साउन १०, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।

विहिबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।

थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते

ढुंगानका कै इजलासमा पेशी परेको थियो । तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगित गरेका थिए ।

झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो । झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ ।

प्रतिक्रिया