February 24, 2025, 7:38 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

माघ २७, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई बिहीबार साँझ धनगढीस्थित पुरानो भन्सारमा बस्ने १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने क्रममा किशोरीलाई ती युवकले सडकमा बाटो छेकेर चक्कु देखाउँदै आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि युवक भागेका युवकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । आफन्तलाई जानकारी गराएपछि करणीबारे जानकारी आएको डीएसपी बोहराले बताए । किशोरी धनगढीस्थित एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् ।

प्रतिक्रिया