February 24, 2025, 10:14 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरीको नियन्त्रणमा

माघ २५, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं – महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ।
बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास-जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो।
प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो।
ट्रकका चालक उदयपुर कटारी नगरपालिका-१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। बरामद गाँजा र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौहानले बताए।

प्रतिक्रिया