September 8, 2024, 1:41 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

सल्बलाउन थाले हसिया हथौडा र घण्टीवाला प्रहरीका दूतहरु !

साउन १०, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

काठमाडौं । सरकार परिवर्तनसँगै नेपाल प्रहरीमा नेपाली कांग्रेस र एमाले निकट प्रहरीका दूतहरु सल्बलाउन थालेको समाचार छ ।

यस अघि हसिया हथौडा र घण्टीवाला प्रहरीका दूतहरुको रजगज थियो । पछिल्लो समय  हसिया हथौडा र घण्टीवाला प्रहरीका दूतहरु तनावमा परेपछि कांग्रेस र एमालेका नेता, कार्यकर्ता भेटवार्तामा दौडधुप चलाएका छन् ।

अहिले यस्तै समाचार छाएको छ नेपाल प्रहरी भित्र । एमाले निकट भनेर चर्चा संगालेका एआईजी श्याम ज्ञवाली पछिल्लो समय घण्टीमय भन्दा सुनकाण्डमा समेत न्यानो अनुभुती गरे ।

हसिया हथौडा र घण्टीवाला भन्दै डिआईजी मनोज केसी,एसपी कुमोद ढुंगेल, अंगुर जिसी,नवराज अधिकारी,रमेश सुबेदीहरुको पनि अहिले रंग अर्कै भइसकेको चर्चा छ ।

सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङ जिवन चलाउनेहरुको जिन्दगी गोप्य रहुन्जेल पुर्व आईजीपी धिरज प्रताप सिंह र एआईजी श्याम ज्ञवालीहरु चोखिने पक्कापक्की छ ।

एमालेकै आडमा  प्रहरी एआईजी भिम ढकालको दौड उपत्यका प्रहरी कार्यालयमा जाने रहर ठुलो छ ।  एआईजी टेकप्रसाद राई र टेक तामांग पनि शक्ती केन्द्रको वरिपरि रौसिएर लागेकै छन् ।

प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय राखेपछि गृह कांग्रेसले लियो । कांग्रेसबाट मन्त्रीका लागि पुराना र अनुभवी अनुहार थुप्रै छन् । तर रमेश लेखकले गृह हात पारे ।

गृहमन्त्री पदमा जो पुग्छ त्यसको चाकडी गर्ने र ठाउँमा पुग्ने प्रतिस्पर्धा प्रहरीमा चल्छ । एआईजी भिम ढकाल एमालेसँग निकट हुन् ।

उनी उपत्यकामा आउन चाहन्छन् । एआईजी हुनासाथ उनले उपत्यका चाहेका थिए । तर त्यहाँ एआईजी दीपक थापा छन् । ब्यवसायिक प्रहरीको छवी दर्ज गराएका थापाको अगाडि ज्ञवाली र ढकालहरुले राम्रैसँग पापड पेल्नु पर्छ ।

किनकी दीपक थापाको पनि ठुला पार्टी र त्यसको नेतृत्वसँग राम्रै पहुँच भएकाले एमालेलाई लेभी नै बुझाए सरह मानिए पनि ढकालहरुको तुरुन्त काम नहुन सक्छ ।

नेपाल प्रहरीका अर्का चतुर एआइजी श्याम ज्ञवाली एकै दिन भएपनि आइजीपी बन्न पाउनुपर्छ भन्दै दौडधुप गर्न पछि परेका थिएनन् ।

त्यसो त ज्ञवालीले आईजीपी वसन्त कुवँरलाई काम गर्न नसकेको भन्दै गृह मन्त्रालयमा पटक पटक कुरा पुर्याएका थिए ।

तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई हटाउन मरिहत्ते गरेका थिए ।  तर प्रधानमन्त्री पुष्पकमल दाहालले मात्र होइन, एमाले अध्यक्ष केपी ओलीले समेत सहमति नदिँदा ज्ञवाली आईजीपी हुनबाट वञ्चित भएका थिए अभियान टाइम्समा समाचार उल्लेख छ ।

प्रतिक्रिया