February 23, 2025, 8:28 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

राजविराज नगरभित्र अवैध मदिराको कारोबार बढेपछि नगरपालिकाको ध्यानाकर्षण

माघ २४, २०८१ मा प्रकाशित | २०८०दर्शक तीव्रखबर

सप्तरी- सप्तरी जिल्लाको राजविराज नगर क्षेत्रभित्र अवैध मदिरा उत्पादन तथा अव्यवस्थित खुलमखुल्ला बिक्री वितरणको कारण महिला तथा बालबालिका असुरक्षित भएको भन्दै एक सामाजिक संस्थाले त्यसविरुद्धमा आवाज उठाएको छ।
नगरक्षेत्रमा जताततै अनियन्त्रित रूपमा सञ्चालनमा रहेको अवैध मदिरा पसल तथा उत्पादन गर्ने भट्टीहरूलाई नियन्त्रण गर्न तराई-मधेश महिला फाउण्डेशनले नगरपालिकाको ध्यानाकर्षण गराएको हो।
फाउण्डेशनकी अध्यक्ष सुनिता साह क्रान्तिको नेतृत्वमा गएको महिला टोलीले बुधबार राजविराजकी कार्यवाहक मेयर इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।
नगर क्षेत्रभित्रका अव्यवस्थित रुपमा मदिरा पसलहरू सञ्चालन गर्न इजाजत दिइएको अवस्था विद्यमान रहेको छ।  मदिरा पसल सञ्चालन तथा समय सिमा निर्धारण नगरी मदिरा सेवन गर्ने केही व्यक्तिहरूले बाटो हिँड्ने महिला, दुर्व्यवहार गर्ने गरेको गुनासो बढ्दै गएको छ।
उक्त अवस्थाप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। यसप्रकार खुलेआम जथाभावी मदिरा पसल सञ्चालनको इजाजत, मदिरा सेवन गर्ने समय, बाटोघाटोमा मदिरा सेवन गरी गरिरहेको अभद्र व्यवहार र तनाव व्यवस्थापन गर्न गराउन नगरपालिकालाई ध्यानआकर्षण गराएको फाउण्डेशनकी अध्यक्ष क्रान्तिले बताएकी छन्।
यस्ता कियाकलापलाई समयमा नियन्त्रण गर्न गराउन अपिल गर्दै समस्या समाधानका लागि आवश्यक पहल नगरिए बाध्य भएर विरोधका कार्यकम अघि सार्ने अध्यक्ष क्रान्तिले चेतावनी दिइन्।
लामो समयदेखि फाउन्डेसन महिलाहरुको हकहितको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया