February 25, 2025, 1:39 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

अदालतमा उपस्थित नभए कंगनाबिरूद्द पक्राउ पुर्जी जारी हुने

माघ २४, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

मुम्बइ,  । जावेद अख्तरको मानहानि मुद्दामा कंगना रनौतको समस्या बढ्दै गएको देखिन्छ ।

मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ । उनी पक्राउ गर्न सकिने भएकाे भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसअघि अदालतले कंगनालाई मुद्दाको सुनुवाइमा उपस्थित हुने अन्तिम मौका दिएको थियो । अदालतले कंगना रनौत अझै पनि अदालतमा नआएमा उनलाई गैर जमानती वारेन्ट पठाइने स्पष्ट पारेको छ ।

कंगना रनौत जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दालाई समाधान गर्न मध्यस्थता बैठकमा सहभागी भएकी छैनन् । यस्तो अवस्थामा हालै मुम्बईको एक अदालतले अभिनेत्री विरुद्ध गैर जमानती वारेन्ट जारी गर्नु अघि अन्तिम मौका दिएको छ । कंगनाका वकिल रिजवान सिद्दिकीले बान्द्रा अदालतलाई भने कि उनी संसदको काममा व्यस्त थिइन र जसका कारण सुनुवाईमा उपस्थित हुन नसकेकी हुन् ।

कंगना रनौत सुनुवाईमा उपस्थित नभएको कारण जावेत अख्तरका वकिल जय के भारद्वाजले निवेदन दिएका थिए । कंगना रनौत विरुद्ध गैर जमानती वारेन्ट जारी गर्न माग गरिएको थियो । भारद्वाजले करिब ४० वटा पेशीमा अदालतको सुनुवाइमा अभिनेत्री उपस्थित नभएको दावी गरेका थिए ।
अदालतले कंगना रनौतका वकिललाई निवेदनको जवाफ पेश गर्न निर्देशन दिएको छ तर वकिलले गैर जमानती वारेन्टको विरोध गरेका छन् । यस्तो अवस्थामा मजिस्ट्रेटले अभिनेत्रीलाई अन्तिम मौका दिने निर्णय गरेका हुन ।

मार्च २०१६ मा जावेद अख्तरको घरमा बैठक भएको थियो । यसै क्रममा कंगना रनौत र ऋतिक रोशन इमेलका कारण चर्चामा थिए । रोशन परिवारका नजिकका जावेद अख्तरले कंगनासँग भेटघाट गर्ने जिम्मेवारी लिए र अभिनेत्रीलाई रोशनसँग माफी माग्न भनेका थिए । त्यसबेला कंगनाले कुनै जवाफ दिएकी थिइनन् तर २०२० मा सुशान्त सिंह राजपुतको कथित आत्महत्यापछि अभिनेत्रीले एक अन्तर्वार्तामा जावेद अख्तरसँगको २०१६ मा भएको भेटको उल्लेख गरेकी थिइन् । यस क्रममा जावेद अख्तरले कंगनाबाट अपमानजनक शब्द पाए र उनले अभिनेत्री विरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया