February 23, 2025, 9:40 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

१० प्रतिशत शुल्क लगाउने अमेरिकी निर्णयमा चीनले पनि फर्कायो जवाफ

माघ २२, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौँ । चिनियाँ सामानमा १० प्रतिशत शुल्क लगाउने अमेरिकी निर्णयमा चीनले पनि जवाफ फर्काएको छ ।

चीनले अमेरिकाबाट आयात गरिने सामानहरूमा १० प्रतिशत नै शुल्क लगाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै चीनमा अमेरिकाबाट आयात हुने ठूला इन्जिन भएका कारहरू, पिकअप ट्रक, एलएनजी (तरल प्राकृतिक ग्यास), कच्चा तेल र कृषि उपकरणहरूको आयातमा असर पर्नेछ।

अमेरिकाले चीनविरुद्ध शुल्क लगाउने अन्तिम म्याद आज सकिएको थियो।

योसँगै चीनविरुद्ध अमेरिकाको १० प्रतिशत शुल्क नीति लागू भएको छ। यसको जवाफमा तत्काल चीनले पनि जवाफी शुल्क घोषणा गरेको हो ।

यसबीचमा अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध लगाएको २५/२५ प्रतिशत शुल्क र ३० दिनको लागि स्थगित गरेको छ ।

क्यानडा र मेक्सिकोले सीमाको सुरक्षामा सुधार गर्न र लागू औषध तस्करीविरुद्ध कडा कदम चाल्ने वाचा गरेपछि अमेरिकाले यो निर्णय लिएको हो।

क्यानडा र मेक्सिको अमेरिकासँग सबैभन्दा धेरै व्यापार गर्ने देशहरू हुन्। ट्रम्पले शुल्क लगाउने घोषणा गरेपछि दुवै देशले जवाफी कारबाही गर्ने बताएका थिए।

क्यानडाले सीमाबाट फेन्टानिल लागू औषध तस्करी रोक्नका लागि अनुगमन गर्न विशेष अधिकारी नियुक्त गर्ने बताएको छ।

त्यस्तै, मेक्सिको ट्रम्पसँग भएको सम्झौताअनुसार सीमामा १० हजार सैनिक पठाउन सहमत भएको छ।

प्रतिक्रिया