February 3, 2025, 10:13 am
» जसपाले केन्द्रिय कार्यकारिणी समितिमा १० जना थप गर्न प्रस्ताव, ४१ पुग्दै » ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकल नियन्त्रणमा » स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो » साउदी राष्ट्रपति पहिलो बिदेश भ्रमणमा निस्के, साउदीले उनलाइ लिन पठायो बिशेष बिमान » जसपा नेपालको केन्द्रिय कार्यकारिणी समिति बैठक जारी

तराई वैदेशिक रोजगार ब्यवसायी फोरम अध्यक्षमा दास

माघ २१, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

रौतहट । तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा रौतहटका हृदय नारायण दास चयन भएका छन्।

लोकतान्त्रिक समाजबादी पार्टी निकट फोरमको आईतवार बसेको बैठकबाट पार्टी केन्द्रीय सदस्य समेत रहेका  हृदय नारायण दासकोअध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुर्नगठन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा संजय चौधरी,द्वितीय उपाध्यक्षमा खातुन राईन,तृतीय उपाध्यक्षमा निर्मल राय आमात्य,महासचिवमा बिरेन्द्र कुमार यादब,  सचिवमा हाकिम राय,कोषाध्यक्षमा अंजु कुमारी सर्वसहमतिमा चयन भएका छन्। त्यस्तै सदस्यहरूमा उपेन्द्र शाह, दिगम्बर ठाकुर ,शिवहरी गोइत, मंजु कार्की , मोहम्मद मंमताज मिया,मोहम्मद असरफ अलि साह चयन भएका छन्। सोही बैठकले गठन गरेको ४ सदस्यीय  सल्लाहकार समितिमा  सितल प्रसाद यादव, महमद जैलुन राईन, रविन्द्र यादब, र हिरालाल साह रहेका छन्।

नव-निर्वाचित अध्यक्ष दासको नेतृत्वमा फोरमले व्यवसायीहरूको हक हितका लागि आवाज उठाउने उदेस्य रहेको छ। यसको कार्यकाल २ बर्ष रहने स्थानीय कटहरिया नगरपालिका २ घर भएका अध्यक्ष दाशले जानकारी दिएका छन्।

प्रतिक्रिया