January 31, 2025, 9:08 am
» विकास निर्माणमा ‘ब्रेक-थु’ मात्र होइन, ‘ब्रेक’ लगाइएका काम अगाडि बढाएका छौं : प्रधानमन्त्री » नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो » प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान » प्रतिनिधिसभामा रास्वपाको अवरोध,बैठक सञ्चालनमा सहयोग गर्न सभामुखको आदेश » संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ : सभामुख

ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

माघ १८, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

एजेन्सी – क्यानडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत कर लगाउने धम्की दोहोर्‍याएका छन् ।

यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा शतप्रतिशत कर लगाउने धम्की दिएका थिए ।

‘ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ’, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौँ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन्, अन्यथा उनीहरूले शतप्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ’ ।

ब्रिक्स भन्सार महसुलबारे ट्रम्पको टिप्पणी पद आसीन भए लगत्तै तोकिएको फेब्रुअरी १ को समय सीमाभन्दा केही दिनअघि आएको छ । जसअनुसार छिमेकी क्यानडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे तिनीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने बताएका छन् ।

प्रतिक्रिया