झापा- आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
१५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड ९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिनेलाई प्रहरीले पक्राउ गरेको हो।
साथीसंग घुम्न हिडेकी भन्दै विष्टले छोरीलाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन्।
आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको पक्राउ परेका पुरुषका श्रीमतीले बताइन् ।
यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको एक छिमेकीले बताए ।
उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
प्रतिक्रिया