February 24, 2025, 3:02 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

देउवालाई बजगाईँको जवाफ : कांग्रेसमा डन्डा चल्दैन, सांसदहरू बोल्न स्वतन्त्र छन्

माघ १४, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संसदीय दलको नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार संसद् अधिवेशनमा प्रस्तुत हुन नसकिने आशय प्रकट गरेका छन् ।

माघ १८ गतेबाट सुरु हुन लागेको संसद् अधिवेशनबारे संसदीय दलको बैठक जारी रहेका बेला गोरखा–१ बाट निर्वाचित सांसद बजगाईँले सभापति देउवाको निर्देशनअनुसार अधिवेशनमा प्रस्तुत हुन नसकिने आशय व्यक्त गरेका हुन् ।

उनले कांग्रेसमा डन्डा नचल्ने जिकिर गर्दै ‘कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने, संसद्मा एक ढिक्का भएर प्रस्तुत हुने’ निर्णय सार्वभौम सांसदलाई स्वीकार नहुने बताएका छन् ।

‘कांग्रेसमा डण्डा चल्दैन । ‘के छ भन्ने भित्रै भन्नुपर्छ’ भन्ने विचार सार्वभौम सांसदलाई स्वीकार हुँदैन, त्यो कांग्रेसलाई सुहाउँदैन,’ सांसद बजगाईँले एक्स (ट्विटर)मा लेखेका छन्, ‘लडाई विस्तृत हुन्छ, लामो हुन्छ र जित्छौँ ।’

सिंहदरबारस्थित दलको कार्यालयमा शनिबार बसेको कांग्रेस पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक–सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको थियो ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार उक्त बैठकले कांग्रेसभित्र रहेका केही कुरा भए दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर संसद् भित्र र बाहिर प्रस्तुत हुँदा एक भएर प्रस्तुत हुने निर्णय गरेको थियो ।

सरकारले संसद् बैठक छलेर ल्याएका अध्यादेशबारे पार्टीभित्र देखिएको असन्तुष्टि मत्थर गर्ने उद्देश्यले कांग्रेसले यस्तो निर्णय गरेको हो । सोही निर्णयका प्रति आपत्ति जनाउँदै सांसद बजगाईँको पछिल्लो प्रतिक्रिया आएको हो ।

शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक-सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले गरेको निर्णयअनुसार कांग्रेसले आइतबारदेखि संसदीय दलको बैठक राखेर छलफल गरिरहेको छ ।

प्रतिक्रिया