January 29, 2025, 7:42 pm
» बंगलादेशमा आमहड्ताल र नाकाबन्दीको घोषणा » देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ : मुख्यमन्त्री पाण्डे » सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित » धनुषा प्रहरी : थुनुवाहरुसँग अमानवीय व्यवहार गरेको आरोप » अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा

माघ १४, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

टोकियो,  : जापानको फुजी टेलिभिजनका प्रमुखले एक सेलिब्रेटी प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सोमबार राजीनामा दिनुभएको छ ।

फुजी टिभीले आफ्ना प्रमुख कोइची मिनातो र अध्यक्ष शुजी कानोहले राजीनामा दिने घोषणा गरेको पुष्टि गरेको छ ।

एक पत्रिकाले गत महिना जे-पप मेगास्टारबाट टिभी प्रस्तोता बनेका मासाहिरो नकाईले सन् २०२३ मा एक महिलाको सहमतिबिना यौन क्रियाकलाप गरेको समाचार सार्वजनिक गर्नुभएको थियो ।

ती महिलालाई ५२ वर्षीय नकाईले एकमुष्ट नौ करोड येन (पाँच लाख ७० हजार अमेरिकी डलर) भुक्तानी गरेपछि नकाई र ती महिलाले उक्त यौन दुव्र्यवहारलाई सार्वजनिक नगर्ने सम्झौतामा हस्ताक्षर गरेको थिए।

घटनाबारे समाचारहरू प्रशारण भएपछि कर्मचारीहरूले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै म्याकडोनल्ड्स र टोयोटालगायत दर्जनौं ब्रान्डले निजी प्रसारणकर्ता फुजी टिभीबाट आफ्नो विज्ञापन फिर्ता लिएका थिए ।

“मानव अधिकारको चेतनाको कमीका कारण पर्याप्त हेरचाह गर्न नसकेकोमा म सम्बन्धित महिलासँग माफी माग्न चाहन्छु,” कानोहले पत्रकारहरूसँग भने।

“समाचारको शृङ्खलाले निम्त्याएको व्यापक चिन्ता र असुविधाको लागि म दर्शक, विज्ञापनदाता, कम्पनीका सदस्य, शेयरधनीसँग माफी माग्छु,” उहाँले थप्नुभयो ।

यसै महिनाको सुरुमा मिनातोले स्थानीय सञ्चारमाध्यममा समाचार आउनुअघि नै यस काण्डबारे फुजी टिभीलाई जानकारी भएको स्वीकार्नुभएको थियो ।

कम्पनीले ती महिलासँग नाकाईको भेटको प्रबन्ध मिलाउन आफ्ना कर्मचारीको संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ ।

सन् १९९० देखि २००० सम्मको दशकमा एसियाभरि नै चर्चा कमाएको ब्वाइज ब्यान्ड एसएमएपीका पूर्व सदस्य नकाईले फुजी टिभी र अन्य च्यानलका कार्यक्रमबाट हटाइएपछि शुक्रबार सन्यासको घोषणा गर्नुभएको थियो ।

“‘सबै कुराका लागि म मात्र जिम्मेवार छु’ र ‘म माफी माग्छु’,” नकाईले शुक्रबार भन्नुभएको थियो ।

यसअघि उहाँले एक विज्ञप्ति जारी गर्दै केही घटना ‘तथ्यभन्दा फरक’ भएको बताउनुभएको थियो ।

प्रतिक्रिया