February 24, 2025, 3:26 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक : गृहमन्त्री लेखक

माघ १४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक भएको बताएका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘थर्ममिटर’ पनि भएको बताए ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । स्वतन्त्र, व्यवसायिक, निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकता माथि र निष्पक्ष रूपले कलम चलाउन पाउने, बोल्न पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभूत अधिकारको सुनिश्चितता हुने विश्वास व्यक्त गरे । पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराइन् । पत्रकारमाथि भौतिक सुरक्षा बढ्दै गएको अवस्थामा पत्रकारको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।अध्यक्ष शर्माले पत्रकारले समाचार लेखेकै आधारमा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया