January 27, 2025, 5:06 pm
» राप्रपाका प्रमुख सचेतक शाहीलाई पितृशोक » नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु » बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा » व्यापारीले किनेको ज्याकेट बोकेर एसपी, सिडिओ र डिआइजी पुगेपछि … » बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे

सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै

माघ १४, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं,  । हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ ।

माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन ।

जसअनुसार सभामुख घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

हिजो बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

सभामुख घिमिरेका सचिवालयका अनुसार भोली दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया