काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पितृशोक परेको छ।
शाहीका बुवा हरिबहादुर शाहीको सोमबार ६६ वर्षको उमेरमा निधन भएको हो। उनको मंगलबार सुर्खेतको भेरी नदीमा अन्त्येष्टि गरिने छ।
प्रमुख सचेतक शाही जुम्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित सांसद हुन्।
प्रतिक्रिया