January 27, 2025, 4:58 pm
» राप्रपाका प्रमुख सचेतक शाहीलाई पितृशोक » नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु » बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा » व्यापारीले किनेको ज्याकेट बोकेर एसपी, सिडिओ र डिआइजी पुगेपछि … » बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे

रास्वपाको सचिवालय बैठक बस्दैँ

माघ १४, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैँछ ।

बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी हुन् ।

उनका अनुसार बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको जनाइएको छ ।

प्रतिक्रिया