January 27, 2025, 5:16 pm
» राप्रपाका प्रमुख सचेतक शाहीलाई पितृशोक » नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु » बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा » व्यापारीले किनेको ज्याकेट बोकेर एसपी, सिडिओ र डिआइजी पुगेपछि … » बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे

राजनीतिक नेतृत्वले कुनै हस्तक्षेप गर्दैन –  मन्त्री दाहाल

माघ १३, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कर्मचारीले आफ्नो अधिकार र दायित्वलाई कार्य सम्पादन गरे प्रशासनिक क्षेत्रमा राजनीतिक नेतृत्वले कुनै हस्तक्षेप नगर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागीय समितिको १२ औँ अधिवेशनको उद्घाटन शत्रलाई संम्बोधनका क्रममा उनले साे धारणा व्यक्त  गरेका हुन् । साथै सेवा र तीव्र विकासको मर्मलाई आत्मसाथ गर्न कर्मचारीहरुलाई आग्रह समेत गरे ।

विभागीय समितिका अध्यक्ष प्रमाेद खतिवडाकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा भौतिक पूर्वाधार  तथा यातायात मन्त्रालयका  सचिव केशव कुमार शर्मा, संगठनका केन्द्रिय उपाध्यक्षहरु, उपमहासचिवहरु, कोषाध्यक्ष, सचिवालय सदस्यहरु, केन्द्रिय सदस्यहरु, सडक विभागका उपमहानिर्देशकहरु, सुईहरु, डिईहरु, मन्त्रालयमा सकृय ट्रेड यूनियनका अध्यक्षहरुकाे उपस्थित रहेकाे थियाे ।

उक्त १२औं बिभागिय अधिवेशनबाट सर्वसम्मत  निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्ष प्रमोद खतिवडा, उपाध्यक्ष सितराम बुढाथोकी, उपाध्यक्ष ( महिला) गौरी कार्की, सचिब रामचन्द्र फुयाल, सह सचिब  सरोज रोकाय, काेषाध्यक्ष प्रकाश अधिकारी लगायत  छन् ।

प्रतिक्रिया