February 26, 2025, 3:00 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

दाइको हत्या आरोपमा भाइ पक्राउ

माघ १३, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

कैलाली, । धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पु¥याइएको थियो ।

कैँची प्रहारबाट घाइते भएका दाइ लालबहादुरको उपचारका क्रममा बिहान २ः५० मा मृत्यु भएको उहाँले बताउँनुभयो ।

मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । हत्याको आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया