February 26, 2025, 3:40 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत

माघ १३, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं,  । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ ।

अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको खुल्ला उपाध्यक्षमा अशोक पौडेल निर्वाचित भएका छन भने समावेशी उपाध्यक्षमा रञ्जना अधिकारी चुनिएकी छिन ।

यसै गरी सचिवमा नवराज भट्टराई निर्वाचित हुँदा खुल्ला सहसचिवमा कृष्णचन्द्र सुवेदी निर्वाचित भए भने समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा भने पुण्यप्रसाद अधिकारी चुनिएका छन ।

सदस्यहरूमा विसान्त ढुंगाना, विशाल भण्डारी, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, सिसिर राई, शिवकिशोर परिहसब, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोम दाहाल, कूलदीप बास्तोला, विवेक खतिवडा र सुमता भट्टराई निर्वाचित भएको जनाइएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको अधिवेशनमा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया