February 27, 2025, 1:19 am
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

खेलौना पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक कलाम पक्राउ

माघ ९, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

रौतहट । रौतहटको सीमावर्ती ईलाकामा खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा माग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का जाबिर आलमको छोरा बर्ष २० को अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।

भारतीय सीमामा संग जोडिएको ईशनाथ नगरपालिका- ४ मठीया गाउँ छेउमा आरोपी कलामले मंगलवार चाईनिज नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाको टोलीले पक्राउ गरेको थियो।

आरोपी कलाम माथी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ

प्रतिक्रिया