February 24, 2025, 12:42 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे ओलीको राजिनामा

माघ ४, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएको बेला काठमाडौं आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् ।

‘जुन उदेश्यले यो गठबन्धन बनाएको हो भनियो, त्यो कुनै काम गरेको छैन, बरू संबिधान संसोधन २०७९ मा गर्ने भनेर प्रधानमन्त्रीले भने पछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘तसर्थ यो सरकारले  नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजिनामा दिनु उचित हुन्छ भन्ने लाग्छ, यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्ने होइन् ।’

काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलाइ बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोपसमेत लगाएका छन् ।

यसरी आरोप लगाउने प्रतिपक्ष दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन ।

प्रतिक्रिया