February 24, 2025, 12:42 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

माघ ४, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी २७ दिनका लागि प्रतिभा रावललाई तोकेको छ ।

हालका कार्यवाहक प्रवक्ता मनिस झा शैक्षिक तथा निजी काममा व्यस्त हुने भन्दै रावललाई कार्यवाहक तोकेको हो । रावल रास्वपा सहप्रवत्ता हुन ।

रास्वपाले तत्कालीन महामन्त्री मुकुल ढकाललाई कारबाही गरेपछि कार्यवाहक प्रवक्ता जिम्मेवारी मनिस झालाई दिएको थियो । त्यसपछि २७ दिनको लागि रावललाई जिम्मेवारी दिएको हो ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई माग ३ गतेबाट लागू हुने गरी माग ३० गतेसम्म रावललाई जिम्मेवारी दिएको बताए । रास्वपाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८१,१०,०३ गतेदेखि  मिति २०८१,१०,३० गते नेसं ११४५ पोहेलागा तृतीया देखि सिल्लाथ्व पुन्ही सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सह प्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौ ।’

प्रतिक्रिया