February 24, 2025, 12:18 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौंः गगन/विश्व

माघ ३, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं,  । केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ ।

नेपाली कांग्रेसवाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले उक्त बिफ्रिङ गरेका हुन् ।

‘बैठकमा अध्यादेशका बिषयमा पनि कुराकानी भयो, अध्यादेश ल्याएको जानकारी गराउनु भयो महामन्त्रीज्यूले, यसमा पोजिटिभ कुरा भयो, छलफल गरेरै अध्यादेश ल्याएकौं भने पछि यसमा थप चर्चा परिचर्चा नगरौं भन्नु भयो,’ बैठक पछि   युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

अध्यादेशका बारेमा कांग्रेस भित्र मत मतान्तर देखा परे पछि सभापति देउवाले आज ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ मन्त्री र संसदीय दल कार्यसमितिको बैठक बोलाएका थिए ।

जहाँ सभापति देउवाले गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गर्नका लागि सबैलाइ निर्देशन दिएका छन् ।

प्रतिक्रिया