February 24, 2025, 12:25 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

कांग्रेस दलका कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक बस्दैँ

माघ ३, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैँछ ।

सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीवाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहीबार बिहान ८ः०० बजे बस्नेछ । सो क्रममा बैठकमा दलबाट ओली सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्रीको पनि ब्रिफिङ सुन्ने तयारी छ ।

सो बैठकमा ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री÷राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया