February 24, 2025, 3:44 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

समाजवादी मोर्चाको बैठक सुरू

माघ २, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं,  । समाजवादी मोर्चाको बैठक सुरू भएको छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरू भएको हो ।

बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाएका हुन् ।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतको उपस्थिति रहेको छ ।

हिजो बसेको चार दल आबद्द समाजवादी मोर्चाको कार्यदलले बिभिन्न कार्यक्रम गर्ने निर्क्यौल निकालेका थिए । जसलाइ आजको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भए पछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया