February 24, 2025, 3:06 pm
» स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि

विपक्षी दलको बैठक : राष्ट्रिय मुद्दामा एकजुट हुने, मोर्चाबारे कुरै भएन

माघ २, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं– सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले सरकारले बुधबार संसद् नबोलाए बिहीबार संयुक्त वक्तव्य निकाल्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ६ विपक्षी दलहरूको बैठकमा बुधबार सरकारले संसद्को विधेयक अधिवेशन नबोलाएमा बिहीबार संयुक्त वक्तव्य निकालेर संसद् बैठक माग गर्ने छलफल भएको रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

यस्तै भूमिसम्बन्धी विधेयकलाई कुनै पनि हालतमा अध्यादेशबाट ल्याउन नदिन  पनि विपक्षीहरू एकजुट भएका छन् । विपक्षीले सरकारले विभिन्न इन्सेटमा भूमिसम्बन्धी विधेयक ल्याउन लागेको भन्दै विरोध जनाएका हुन् ।

अर्यालका अनुसार अहिले तत्काल विपक्षी दलको मोर्चा बनाउने विषयमा छलफल भएको छैन । तर, राष्ट्रिय मुद्दामा भने एकजुट हुनेबारे छलफल भएको छ ।

‘तत्काल मोर्चा बन्दैन, तर राष्ट्रिय मुद्दामा एक भएर जाने कुरा भएको छ । अर्यालले भने, ‘तर विपक्षीहरू एक ठाउँमा छौँ । कुनै मुद्दामा पाखा हुने कुरा छैन । सरकारको रवैयालाई विरोध गर्नुपर्छ जनतामा निराशा बढेको छ भन्ने कुरा पनि भएको छ ।’

यसैबीच आज बेलुकासम्ममा सरकारले विधेयक अधिवेशन बोलाउने तयारी गरेको छ । तर, औपचारिक रूपमा जानकारी भने गरेको छैन ।

प्रतिक्रिया