February 24, 2025, 3:42 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बिपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने

माघ २, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । संघीय संसदका विपक्षी ६ दलहरूले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन्

आज बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै भोलि पत्रकार सम्मेलन गर्न लागिएको हो।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६  दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरेको नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले जानकारी दिएका थिए ।

भोलीको पत्रकार सम्मेलनको तयारीका लागि पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ। बिपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकिएको छ।
पत्रकार सम्मेलनमा बिपक्षी दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ।

प्रतिक्रिया