February 24, 2025, 3:46 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने

पुस २९, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका सचिव राम कार्कीका अनुसार बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

यसअगाडि पुस २१ गतेदेखि ३ दिनसम्म माओवादीले केन्द्रीय कमिटी बैठक राखेको थियो । उक्त बैठकमा पूर्व उपराष्ट्रपति नन्द्रबहादुर पुन ‘पासाङ’ पनि उपस्थित थिए ।

उनलाई माओवादीले पुनःपार्टी राजनीतिमा फर्काउने कोसिस गरेको छ । उनलाई उपाध्यक्ष दिएर सक्रिय गराउने गरी छलफल चलिरहेको छ । तर केही नेताहरूले देशको सम्मानित पदमा पुगेको व्यक्ति राजनीतिमा आउन नहुने भनेर विरोध पनि गरिरहेका छन् ।

कतिपय नेताहरूले केन्द्रीय कमिटी बैठकमा उनलाई राजनीतिमा ल्याएमा सम्मानित पदको मर्यादा खस्किने भन्दै अभिभावक बन्न सुझाव दिएका थिए । तर अध्यक्ष प्रचण्ड माओवादी लडाकुका पूर्वकमान्डर पुनलाई राजनीतिमा ल्याउने योजनामै देखिन्छन ।

यस पटक कार्य विभाजन गर्दा प्रचण्डले पुनलाई जिम्मेवारीमा ल्याउन सक्ने बताइएको छ ।

यता अखिल क्रान्तिकारीको राजनीतिबाट बिदा भएका नेताहरूलाई पनि क्षमताअनुसार जिम्मेवारी दिन माओवादीभित्र आवाज उठिरहेका छन् ।

प्रतिक्रिया