February 24, 2025, 3:38 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने

पुस २९, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते मोरङको ग्रामथान गाउँपालिका जाने भएका छन् ।

मंसिर १६ गते भएको उपनिर्वाचनका विजेतालाई बधाई दिन तथा जागरण सभाका लागि प्रचण्ड ग्रामथान आउन लागेको सांसद अमनलाल मोदीको भनाइ छ ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् माझी विजयी भएपछि प्रचण्डले फोन गरेर ०८४ मा ०६४ फर्कने भन्दै आफू त्यही आएर शुभकामना दिने बताएका थिए ।

पछिल्लो समय प्रचण्ड जागरण सभाको नाममा विभिन्न जिल्ला दौडमा निस्किरहेका छन् ।

प्रतिक्रिया