February 24, 2025, 7:39 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

पुस २८, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

मोरङ, । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

“आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैँटौ हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

यस्तै वैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारको कानुन प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया