September 19, 2024, 4:20 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

पूर्वमन्त्रीले घुस दिएको विषयमा छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

साउन ८, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्रीले घुस दिएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर नेपाली कांग्रेस सांसद राजेन्द्र केसीले सांसदले घुस दिएको विषय के कसो हो ? यसबारे तीन दिनभित्र संसदमा जानकारी गराउन सभामुखसमक्ष आग्रह गरेका थिए।

उनले सो विषयमा सम्बन्धित मन्त्री,शिक्षा मन्त्री,गृहमन्त्री र प्रधानमन्त्रीलाई रुलिङ गराउन माग गर्दै तीन दिनभित्र संसदलाई जानकारी गराउन आग्रह गरेका थिए। सांसद केसीले घुस प्रकरणबारे तत्काल जवाफ मागेपछि गृहमन्त्री लेखकले छानबिन गर्न निर्देशन दिएका हुन्।

पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले साउन ६ गते प्रतिनिधिसभा बैठकमा शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा आफूले हिजोमात्रै ५ हजार घुस दिएको दाबी गरेका थिए। उनले छोराको सर्टि

सांसद महतोले देश समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउने गरी तलबको व्यवस्था गर्न आग्रह समेत गरेका थिए।

फिकेट  इक्युभ्यालेन्टका लागि जाँदा घन्टौँसम्म काम नभएपछि ५ हजार घुस दिनासाथ ५ मिनेटमै काम भएको दावी गरेका थिए।

प्रतिक्रिया