September 19, 2024, 4:46 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

हाम्रा नेताले गौरव कहिले गर्ने ?

साउन ८, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं, । भारतले नेपालका सीमा मिच्यो, कालापानी, लिपुलेक, लिम्पियाधुरा नै खाइसक्यो, नेपाली नेताहरू भारतसँग सुमधुर सम्बन्ध छ भन्छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध असाधारण भनेका थिए, ओलीले पनि दोहोराएका छन् ।

भारतीय नेतालाई भैया बनाएकी कांग्रेस सभापति पत्नी तथा पश्चिमा विश्वासपात्र भनेर चचिर्त नेतृ डा.आरजु देउवाले सीमा समस्या वार्ताद्वारा समाधान गरिन्छ भनिन्, भारतले वार्ता होइन, सबैभन्दा पहिला प्रम र परराष्ट्रमन्त्रीलाई बधाईदियो, भारतीय राजदूतले मित्रवत भेटवार्ता गरे ।

यसपछि आयो अमेरिका र चीनको शुभकामना । शुभकामना ढिलाचाँडो जहिले आओस्, यसपल्टको सरकारको बनोटमा उत्तर, दक्षिण, पश्चिमाको ठूलो भूमिका देखिदैन ।

संविधानमा गुमेको चुच्चे नक्साको भू–भाग नेपालले पाउँछ कि पाउन्न, सार्क सम्मेलन हुन्छ कि हुन्न, भूटानी शरणार्थी काण्ड के हुन्छ, रूस र युक्रेनमा लड्न पुगेका युवा फर्कन्छन् कि फर्कदैनन्, प्रम र परराष्ट्रमन्त्री मौन छन् ।

१६ वर्षमा १४ सरकार भनेर विश्वमै अराजक, अस्थिर भनेर नेपाल बद्नाम भइरहेकै छ ।

नेपाल कन्ट्री अफ मर्सिनरीको नामले पनि बदनाम छ । न हटेकाले माफी मागे, न सिंहदरवार छिरेकाले राष्ट्रिय मुद्दामा बोलेका छन् ।

नेपाल विवेकहीन, दण्डहीन बनेको छ, नेपालको भविष्य अन्धकार छ, हरेक देशभक्त चिन्तित छन् ।

यो सरकार त बन्यो, यसको भविष्यमा लोकतन्त्र, राष्ट्रियताको भविष्यमात्र होइन, इतिहास र भूगोलको भविष्य पनि दाउमा परेको अनुभूति गरेका छन् बुझकीहरूले ।

केही वर्षमै नेपालको संविधान, संवैधानिक निकायहरू, अन्तर्राष्ट्रिय विश्वास र भरोसासमेतको अवमूल्यन भएको सन्दर्भमा बदनामीबाट सम्मान आर्जन गर्न सक्ने नीति कार्यक्रम छिटो देखिनपुर्छ ।

प्रजातन्त्र र कम्युिनष्ट नाम भए पनि ठूला दुई सिद्धान्त र नीतिगत असंगति भएका पार्टी मिलेर सरकार बनेको छ ।

यिनले पनि शंकालु बैदेशिक नजर र अविश्वासलाई आश्वस्त पार्दै विश्वासयुक्त बनाउन सकेनन् भने नेपालको वर्तमान र भविष्य अझ संकटग्रस्त हुनेछ

। भूराजनीतिमा पसेका विश्वशक्ति र फसेको नेपालले विवेक र ल्याकत देखाउन सक्यो भने दुबै हातमा लड्डु पाउने छ । चुक्यो भने घर अझ भाँडिन्छ, नेपालको ढोकैमा भएको फल गुम्नेछ ।

कूटनीति र राजनीतिका ज्ञाताहरू स्पष्ट खाका र एकतासहितको रणनीतिक प्रयासले मात्रै नेपाललाई भूराजनीतिक अनिश्चितताको समुद्रबाट उद्धार गर्न र समृद्धिको संसारमा पुर्याउन सक्छ । बाँकी ठूला पार्टीहरूकै हातमा छ । गोरखा एक्सप्रेसका साथमा ।

प्रतिक्रिया